नेपालकै सवभन्दा ठूलो हिमताल:च्छो रोल्पा हिमताल

च्छोरोल्पा हिमताल दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ उपत्यकामा रहेको छ। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ।

धर्तीको स्वर्ग लाग्ने च्छोरोल्पा ताल वरिपरि हिमालले घेरिएको छ । र ताल पनि हिउँँले ढाकिएको हुन्छ । प्रकृतिको मनोरम कलाकृति यहाँ पाईन्छ ।