नेपालको महिला टोलीले भारत र पाकिस्तानसँग खेल्ने

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी-२० इमर्जिङ्ग टिम्स एशिया कप खेल्ने भएको छ ।

प्रतियोगिताको प्रतिस्पर्धी टोलीको रुपमा समावेश थाईल्याण्डले अन्तिम समयमा आएर भिसामा समस्याको कारण देखाउँदै नाम फिर्ता लिएपछि उसको स्थानमा नेपालले खेल्न पाउने भएको हो ।

क्यानका अनुसार थाईल्याण्डले नाम फिर्ता लिएपछि उसको स्थानमा आयोजकले नेपाललाई प्रतिस्पर्धा गर्ने अवसर दिएको हो ।

प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।

नेपाल रहेको समूहमा आयोजक हङ्गकङ्ग, भारत र पाकिस्तानका रहेका छन् । यस्तै समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् ।

भारत र पाकिस्तानको प्रतियोगितामा आफ्नो ए टोली पठाउने तयारीमा भने नेपाल र हङ्गकङ्गको सिनियर टोली नै यो प्रतियोगिता खेल्ने छ ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । यस्तै नेपालले दोश्रो खेल १५ जुनमा भारतसँग तथा तेश्रो खेल १७ जुनमा हङ्गकङ्गसँग खेल्नेछ ।

प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल १९ जुन तथा फाइनल खेल २१ जुनमा हुनेछ ।

नेपाली टोलीले यसै साता मात्र मलेसियासँग पाँच खेलको टी-२० श्रृंखला खेलको थियो । घरेलु टोलीबिरुद्धको उक्त श्रृंखलामा नेपालले ३-२ ले जितेको थियो ।

Comments are closed.