नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन्।
अस्पताललाई सहयोग उपलब्ध गराउने विषयमा यसअघिमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्का लगायतसँग सम्झौता भएको थियो। सोही सम्झौता अनुसार मेयर बालेन्द्रले नीति तथा कार्यक्रममा नै बजेट उल्लेख गरेर सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन्।