विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन् ।बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका हुन् ।
कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।