काठमाडौं –– पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको हो ।पन्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्र बनायो । साइ सुदर्शन र जस बट्लरले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन ।
एक समय जित सम्भव देखिएको अवस्थामा इम्प्याक्ट शबको रूपमा आएका पञ्जाबका विजयकुमार वाइसाकले शानदार स्पेल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।साइ सुदर्शनले ७४ रन बनाए । त्यस्तै बट्लरले ५४ रन बनाउँदा शेरफान रदरफोर्डले ४६ रन बनाए । कप्तान शुभमन गिलले ३३ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मार्को यानसेनले १-१ विकेट लिए ।त्यसअघि नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो ।पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ९७ रनको अविजित पारी खेले । उनले ९ छक्का र ५ चौका प्रहार गरे । शशांक सिंह ४४ रनमा अविजित रहे । ओपनर प्रियांश आर्याले ४७ रनको पारी खेले ।गुजरातका लागि आर साइ किशोरले ३ विकेट लिए भने राशिद खान र कगिसो रबाडाले १-१ विकेट लिए ।
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको पुनर्स्थापनालाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो दाबी गरेका हुन् । उनले शान्तिपूर्ण आन्दोलनमार्फत नवीन समझदारीमा पुग्नुपर्ने आवश्यकता रहेको बताए ।उनका अनुसार, यही चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरिंदैछ । त्यसपछि चैत २६ गते राप्रपाले वागमती प्रदेश स्तरीय प्रदर्शन गर्नेछ भने बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनको शुरुआत हुनेछ ।मिश्रले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई स्थायित्व दिन नसकेको र भ्रष्टाचार संस्थागत बन्दै गएकाले अब राजसंस्थाको पुनर्स्थापनाका लागि सबै पक्षले एकजुट हुनुपर्ने बताए ।
उनले भने, ‘यो पतित व्यवस्था ढाल्नै पर्छ, नत्र देश र भावी पुस्ताको भविष्य अन्धकार हुनेछ।’ राप्रपाले लामो समयदेखि संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्दै आएको छ।मिश्रले राजनीतिक दलका शीर्ष नेताहरूलाई समयमै बुद्धि पुर्याउन आग्रह गर्दै भने, ‘हामी शान्तिपूर्णरूपमा नवीन समझदारीमा जाऊँ र नेपालको दीर्घकालीन हितलाई मनन गरेर संविधान र व्यवस्थालाई पुनः समीक्षा गरौं।’यसैबीच, राजसंस्थाको पक्षमा पछिल्लो समय बढ्दै गएको जनसमर्थनलाई मध्यनजर गर्दै राप्रपाले विभिन्न चरणमा आन्दोलनको योजना अघि बढाएको छ।