काठमाडौं : ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।पटक-पटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो। कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ। सूचनामा १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न वा दाखिला गरिसकेको भए त्यसको प्रमाण पेश गर्न भनिएको छ।तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ।