काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको सोल्टी होटेलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहित ४ हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । संघमा ९६ हजार ८ सय ५० सदस्य छन् ।
महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष द्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीको दाबी छ । केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएकोछ । । उनीहरूलाई केसीलाई एमाले, श्रेष्ठलाई कांग्रेस र शर्मालाई माओवादीको समर्थन छ ।