उच्च अदालतका ३९ न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

साेमबार पाटन उच्च अदालतमा आयोजित एक समाराेहबीच उनीहरुले शपथ लिएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरूलाई शपथ गराउनुभएकाे हाे ।

पुस १८ गते बसेको न्याय परिषद्को बैठकले २६ जिल्ला न्यायाधीश, ४ न्याय सेवाका कर्मचारी र ९ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरेको थियो ।