खाँदबारी । संखुवासभामा पहिरोमा पुरिएर जल विद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ। चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ।
मंगलबार राति अविरल वर्षापछि खसेको पहिरोमा परेर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दिया घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो ।
पहिरोमा परेर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् । उनीहरू निदाएका बेला पहिरो खसेको हो ।
जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा काेठा पहिरोमा पुरिएका छन् ।