रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको हाे।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो।
दर्नाल आफैँले चलाएको बा प्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो। राती खस्नुभएका उहाँकाे आज बिहान उद्धार गरिएको हो। उहाँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।