प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौँ । बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बाराका एसपी सुरेश काफ्लेका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको हो ।

कलैयाबाट आरोपी पक्राउ परेका हुन्। यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए।

३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।