पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए

इस्लामाबाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश सन्दिग्ध चरमपन्थी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको हो।

गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ । मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन, तर ‘पाकिस्तानी तालिबान’ लडाकुहरूले यस क्षेत्रमा सुरक्षा बलमाथि आक्रमण गर्दै आएका छन्।

दोस्रो घटना दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तको हो। मोटरसाइकलमा यात्रा गरिरहेका चार सन्दिग्ध चरमपन्थीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएका थिए। जवाफी कारबाही यी चारजना पनि मारिएको सेनाले जनाएको छ । -बीबीसी