अदालतले कलाकार पल शाह निर्दोष ठहर गर्दै सफाइ दियो

तनहुँ, माघ गते । तनहुँ जिल्ला अदालतले कलकार पल शाह विरुद्धको बलत्कारको मुद्दा माथि सफाइ दिएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा  सुनुवाईका क्रममा आज सफाइ दिएको हो  ।

बलत्कार गरेको मुद्दामा दावी नपुगेकोले  निर्दोष रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

नायक शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बालयौन दुब्र्यावहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनुभएको थियो ।

पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । तनहुँ अदालतले निर्दोष सावित गरेर फैसला गरेपनि नवलपुरको फैसलाको कारणले गर्दा नायक शाह कारागारमा नै बस्नु पर्नेछ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको छ ।

Comments are closed.