नेपाल स्रष्टा समाजले गर्‍याे पर्या तथा सम्पदा कवि गोष्ठी

नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उदघाटन भएको छ। ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गरे।

उनले २०६४ मा नै पर्या साहित्यको सिद्धान्त निर्माण गरेकोमा अहिले तीन जनाले विद्यावारिधिसमेत गरिसकेको बताए। सोही अवसरमा ‘स्रष्टा दर्पण’ को ३० अङ्कको विमोचन गरिएको थियो। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा  भएको समारोहमा सङ्ग्रहालयका प्रमुख मन्जु भण्डारी थापा, संरक्षक पवन आलोक, उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’, महासचिव देविका तिमिल्सिना र विश्वविमोहन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

उक्त समारोहमा पर्या तथा सम्पदा कविगोष्ठीको आयोजना गरिएको थियो। गोष्ठीमा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, भारती न्यौपाने, सीता कणेल, जीवनाथ पोखरेल, डा.हिमलाल श्रेष्ठ, बुद्धिमान मर्हजन र राजेशमान केसीले कविता वाचन गरेका थिए।