काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका साथ शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयाेजित चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिसाथ टुंग्याउनुपर्ने बताउनुभयाे ।
सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन बुधबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच छलफल भएको बताउनुभयाे ।
उहाँले चाडपर्वका अवसरमा सबैमा शुभकामना दिनुभयाे । अध्यक्ष ओलीले चियापान समारोहमा उपस्थित सबैलाई धन्यवाद समेत दिनुभयाे ।