आज त तिमीले प्रेमिल कुराहरु खुवायैा
मलाई मन पर्ने कुराहरू नै छानेर सुनायैा
धेरै नै भएकेा थियो हलचल न गरेको मैले
म जहाँ जान चाहन्थें त्यहीं तिम्ले डुलायैा !
यसै गरि गरि तिमी मेरि जुन बनेर आऊ
मलाईनै मन पर्ने नम्बरी सुन बनेर आऊ
म हरपल हर मौसम तिमीलाई कुरिरहन्छु
मेरो नैराश्यतानै हटाउने गुन बनेर आऊ
तिमी देखेपछि स्वर्गिय संसारमा हराउँछु
मनमा रहेका दुःख पीड़ा फालेरनै कराउँछु
तिमी नै त हैा जीवनमा बाँच्ने मेरो सहारा
म अरुलाई हैन तिमीलाइ नै मन पराउछु !
जहिले जसरी नि मलाई माया पिलाई जाऊ
मैले पस्केका खुराक नाई नास्ति नगरि खाऊ
मसंग हरदम उपहार तिम्रो लागि रहिरहने छ
तिमीलाई सुहाउने गहना छानेर खुसीभै लाऊ ।
पवन कुमार बुढ़ाथोक़ी
काठमाण्डू