कविता: जीवन

छिनभरको जिन्दगी यो
कर्कलाको पानीजस्तो
हेर्दा हेर्दै मोती दाना
हावा चल्दा झर्ने कस्तो ?

एकै थोपा त्यो बुँदमा
संघर्ष पातमै केरे हुन्छ
पातको साथ हुँदासम्म
जीवन यात्रा त्यसमै हेरे हुन्छ ।

जीवनको कहानी यो
सुन्दर शीतको थोपा जस्तो
बिहानको पवित्र शीत
घामको तापले सुक्ने जस्तो ।

माया गुरुङ
बेलायत