कविता प्रतियोगिता सम्पन्न

काठमाडौँको नागार्जुन स्थित ज्योति एकेडेमीले सोमबार आफ्नै विद्यालयका विधार्थीहरुबिच निम्नमाध्यामिक र माध्यामिक स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ।
२ चरणमा सम्पन्न सो  प्रतियोगितामा जम्माजम्मी  ५१ जना प्रतियोगीले भाग लिएका थिए ।कक्षा ६ ,७, ८ तर्फको प्रतियोगीतामा क्रमश:  अक्षिजा खनाल ,आयुश्मा पंगेनी र युगान्दिका खत्रीले प्रथम द्वितीय र  तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरि  स्वप्निल देवकोटा ,स्थापना श्रेष्ठ र कृपा खड्का सान्त्वना भएका थिए ।
९ र १० कक्षा तर्फको प्रतियोगितामा क्रमश: आमिन थापा मगर , सुयशा खनाल र सिद्धार्थ लामिछानेले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए भने हृदयेश खनाल र साजन श्रेष्ठ सान्त्वना भएका थिए ।  प्रतियोगिताको निर्णायकको रूपमा  प्रसिद्ध कवि तथा गीतकार लोकराज अधिकारी र प्रकाश सुबेदी रहेका थिए।
 एकेडेमीका प्राचार्य गोबिन्द पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निर्मला अधिकारीले र स्वागत मन्तव्य मना पंगेनीले गरेका  थिए। प्रतियोगिताका विजयीहरूलाई विद्यालयका प्राचार्य सहित निर्णायकद्वयले  प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो  । आयोजकका तर्फबाट निर्णायकहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा गीतकारद्वय लोकराज अधिकारी र प्रकाश सुवेदीले पनि आफ्ना केही रचना सुनाएर विद्यार्थीहरुलाई मनोरञ्जनका साथै हौसला प्रदान गरेका थिए। आफूले सुनिरहेका चर्चित गीतहरुका सर्जकहरुलाई प्रत्यक्ष देख्न पाउँदा विद्यार्थी र विद्यालय परिवार निकै खुसी देखिन्थे।
विद्यार्थीहरुलाई नियमित पठनपाठनको साथसाथै यस्ता खालका रचनात्मक क्रियाकलापमा समेत सहभागी गराउन ज्योति एकेडमी सदा उत्साहित रहेको कुरा कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य गोविन्द पंगेनीले बताएका थिए।