कवितामा तीन पुस्ता काव्य वचन कार्यक्रमको चौथो शृंखला सम्पन्न

काठमाडौं ,  कालिकास्थानस्थित सर्वनाम थिएटरमा, कवितामा तीन पुस्ता काव्य वचन कार्यक्रमको चौथो शृंखला सम्पन्न भएको छ।   एकै मञ्चमा तीन पुस्ताका तीन प्रतिनिधि कविहरुले कविता सुनाएर कार्यक्रम  कवितामय बनाउंदै  कार्यक्रमलाई निरन्तरता दिएका  थिए  ।

‘कवितामा तीन पुस्ता’मा ३० को दशकमा उदाएका अभिभावक पुस्ताका कवि राजेन्द्र शलभका, अग्रज पुस्ताकी कवि गीता त्रिपाठी र अनुज पुस्ताका  पोखराका युवा कवि अमृत एकै मञ्चमा उभिएका थिए । तिनै कविले आफ्नो पुस्तालाई प्रतिनिधित्व गर्दै एकअर्काका कविता सुने र सुनाएका थिए।

जरुवा क्रियसन फर क्रिएटिभिटीले तीन पुस्तकका कविहरुलाई एउटै मञ्चमा उभ्याउने काम गरिरहेको छ  । तीन पुस्ताका तीन कविलाई एउटै मञ्चमा उभ्याउने उदेश्यसहित सुरु गरिएको यो कार्यक्रममा अभिभावक पुस्ता, अग्रज पुस्ता र अनुज पुस्ताले एउटै मञ्च साझा गर्ने गर्छन  । यसैको निरन्तरतामा  कार्यक्रमको संरचनाअनुसार  तीन प्रतिनिधि कविहरुले आ आफ्ना  ५ \५ कविता वाचन गरेका थिए।

तीन पुस्तालाई एउटै मन्चमा ल्याएर  एकअर्काको अनुभव, शैली र शिल्पसँग साक्षात्कार गराउने कार्यक्रमको प्रमुख उदेश्य रहेको  उक्त  कार्यक्रम हरेक दुई महिना हुँदै आएको छ।  कार्यक्रमको तीनवटा शृङ्खलाहरु सफलताका साथ सम्पन्न भइसकेका छन् ।

Comments are closed.