अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

अमेरिका निवासी नेपाली  कविहरूले १४ फेबु्रअरीमा काव्यात्मक  प्रेम–दिवस मनाएका छन्  । सबै सहभागीहरूको रातो पोशाकमा उपस्थिति रह्यो ।  कार्यक्रम अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका साहित्यकार गोवर्धन पूजाले संयोजन गरेका थिए । जुम प्रविधि मार्फत गरिएको उक्त कार्यक्रममा अमेरिका, क्यानडा, नेपाललगायत अन्य देशमा बस्ने नेपाली साहित्यकारहरूले आ–आफ्ना प्रेमिल रचनाहरू वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरूमा मोहन सिटौला, तीर्थराज अधिकारी, पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, विश्वराज अधिकारी, राजेन्द्र श्रेष्ठ, डा.ऋृषि बस्ताकोटी,वसन्त श्रेष्ठ, कृष्ण गिरी,आनन्द श्रेष्ठ, मुरारि सिग्देल, रश्मी रिमाल, प्रभा पोखरेल, राम लामा अविनाशी, गोवर्द्धन पूजा, सुनिता खत्री, मुक्ति गौतम, कविन्द्र सिटौला आदि थिए ।

कार्यक्रमको अन्त्यमा एकसय डलर लक्की ड्र उपहारको लागि कृष्ण गिरीले चिट्ठा तानेका थिए । उक्त चिट्ठा अमेरिकाका न्यूयोर्क निवासी आनन्द श्रेष्ठलाई परेको थियो । उक्त उपहारको सौजन्य नेपालको यति एयलाइन्सले गरेको थियो ।

अमेरिकाको पूर्वीय समय रातको ९ः३० बजे सुरु गरिएको उक्त कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो । अन्त्यमा अनेसासका बिओटी कोषाध्यक्षसमेत रहेका साहित्यकार राम लामा अविनाशीले सहभागी सबैलाई धन्यवाद दिँदै उपहार विजेतालाई हार्दिक बधाईज्ञापन गरेर कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।