ज्योति साहित्य प्रतिष्ठानद्वारा प्रणय विशेष कविता बाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति साहित्य प्रतिष्ठानले प्रणय दिवसको अवसरमा शनिवार कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालयमा १९२ औँ कविता वाचन श्रृंङ्खला सम्पन्न गरेको छ ।

कवि मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा तुलसी दिवस, शैलेन्द्र साकार, नरेन्द्रराज पौडेल, महेशराज खरेल, अभय श्रेष्ठ, जनार्दन अधिकारी, दामोदर ढकाल ‘दीपक’, रोमा लम्साल, राजबाबु श्रेष्ठलगायत १५ जना कविले प्रणयसम्बन्धी रचना वाचन गरेर वातावरण मन्त्रमुग्ध बनाए ।

कवि शैलेन्द्र साकारले कान काटेर माग्दैमा दिने पागल चाहिएको होइन, प्रेम चाहिएको छ भन्दै कवितामार्फत् झटारो हाने ।

कवि तुलसी दिवसले प्रेमबारे भने, ‘मैले बिहे गरेको छैन तर सबैभन्दा बढी प्रेम बाँडेको छु । किनकि प्रेम स्वाभाविक, वास्तविक, हार्दिक आस्था हो । जाति भेद, धर्म भेद नगरी सबैलाई ग्रहण गर्न र सबैलाई ठाउँ दिनुपर्छ तर कसलाई प्रेम दिने थाहा हुँदैन । अनायासै हुन्छ ।’

साहित्यमा संयोगान्त भन्दा वियोगान्त पो बढी महत्त्वपूर्ण हो कि ? किनकि संसारमा वियोगान्त महाकाव्य बढी रचिएका र बाँचेका छन् । अभिव्यक्तिको स्वतन्त्रता हो प्रेम दिवस हो भन्दै ‘जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउनु हुन्थ्यो’ छोटो कविता वाचन गरे कवि दिवसले ।

Comments are closed.