२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

मनमति साहित्य समाजको आयोजनामा २०९ औँ भानु जयन्ती विशेष काव्य गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश: सुरेश घिमिरे, गंगा अभिलाषी, उमा ओडारी, जनकराज अधिकारी, बिनु बाबा घिमिरे, सीता पाण्डे, रामप्रसाद अधिकारी लगायत १५ जना सर्जकले आआफ्ना कविता, खोरिया, मुक्तक वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि गंगा लिगलले भानुभक्तको कविता रामायणले सबैलाई पढ्न र गाउन सिकाएको बताउँदै यसले नेपालीजनमा आध्यात्मिकताको जग बसालेको र बलियो लयात्मकता भानुभक्तले नेपाली भाषामा दिएको बताउनुभयो । उहाँले आफूलाई मन परेका श्लोकहरूसमेत वाचन गर्नु भएको थियो ।

साहित्यकार डा. बमबहादुर थापाले पनि आफ्ना रचना वाचन गर्नु भएको थियो ।

मणिराज सिंहले भानुभक्त नेपाली मात्रका जातीय कवि हुन् भन्दै आदिकवि भानुभक्तमाथि श्रद्धा व्यक्त गर्नुभयो । उहाँले मनमति साहित्य समाजलाई शुभकामना व्यक्त गर्दै “खै कहाँ हरायो माटोको सुगन्ध?” कविता वाचन गर्नुभयो ।

यस्तै जनार्दन अधिकारी धड्कनले खोरिया र कविता वाचन गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा श्रीधर पौडेलले सुन्दर मुक्तक वाचन गर्नुभयो ।

मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पौडेलको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जीताली, गंगा लिगल, मणिराज सिंह, लक्ष्मीप्रसाद मिश्र, खगेन्द्र बस्यालको विशिष्ट आतिथ्यता र जनार्दन अधिकारी धड्कनको कुशल उद्घोषणमा कार्यक्रम सम्पन्न भएको थियो ।