भारत भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भएका छन्। बालुवाटारमा शनिबार सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण तयारी भइरहेको बताए।

पहिलो विदेश भ्रमण छिमेकी देश भारतबाटै हुन्छ। त्यसको तयारी पनि भइरहेको छ,’ उनले भने। उनले भारतीय मिडियासँग पनि विदेश भ्रमणबारे खुलासा गरेका थिए। उनले एबीपीसँग कुरा गर्दै भारतबाट पहिलो वैदेशिक भ्रमण हुने बताएका थिए। नेपालमा प्रधानमन्त्री चुनिएसँगै वैदेशिक भ्रमणबारे बहस हुने गर्छ।

प्रधानमन्त्री प्रचण्डले माघ ३ गते सर्वदलीय बैठक बस्न लागेको र बैठकमा विश्वासको मत दिने कांग्रेसलगायत दलहरूलाई पनि बोलाइने बताए।

Comments are closed.