Trending Now

फिल्म ‘डाकिनी’ का कलाकर्मी माझ प्रिमियर

काठमाडौँ । फिल्म ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फयाग्स एण्ड मुस्टाच’ प्रिमियर गरिएको छ । शुक्रबार साँझ ठमेल स्थित छाँया सेन्टरमा आयोजित प्रिमियर विदेशी राजदूतहरु, सेलिब्रिटी, बौद्ध धर्म गुरुहरु र कलाकर्मीको उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्म निर्देशक खिन्से नोर्बु पनि सहभागी थिए । प्रिमियरका लागि उनी अमेरिकादेखि नेपाल आएका हुन् । प्रिमियरमा अभिनेता हरिबंश आचार्य, अभिनेत्री बेनिशा हमाल लगायतको समेत सहभागिता थियो । प्रिमियरमा फिल्मको कथा पस्कने शैली मनपरेको सबैले बताए ।

षट्कोण आर्टस्ले निर्माण भएको फिल्म ‘डाकिनी’ खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेका हुन् । निर्देशक नोर्बु बौद्ध धर्मका ठूला गुरु समेत हुन् । फिल्मको नाम अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको छ । यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा छ ।  फिल्ममा तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय छ ।

Comments are closed.