काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाएकामा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएकाले खरिद नियमावलीअनुसार अन्तिम पटक ७ दिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने कार्यालयको चेतावनी छ ।