शुपति क्षेत्रमा महाशिवरात्रिको तयारी:करिब २० लाख भक्तजन आउने अनुमान

काठमाडौं । महाशिवरात्रिमा हुने मेलाका लागि पशुपति क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ ।महाशिवरात्रीलाई लक्षित गर्दै साधु-सन्तहरु आउने क्रम पनि जारी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन २५ गते शुक्रबारका दिन महाशिवरात्रि मेलामा पाशुपत क्षेत्रमा शिवको पूजाआजा गर्न आउनेहरुको घुइँचो लाग्ने गर्छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिवरात्रि मेलालाई लक्षित गर्दै त्यस क्षेत्रमा भोलिदेखि फागुन २७ सम्म मासु र मदिरा कारोबारमा रोक लगाएको छ ।