राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं : शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अब्जरभेसनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए।

डा अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई बुधबार डिस्चार्ज गर्ने तयारी छ।