राष्ट्रपतिको दशैंको शुभकामना-आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान होस

 

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बडादसैँको सुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयले शनिबार एक सुभकामना सन्देशमार्फत देश र विदेशमा रहेका नेपाली जनतालाई बडादेसैँको सुभकामना व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सबै नेपालीलाई न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् । उनले दसैँ सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्‌भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीकको रूपमा रहेको उल्लेख गरेका छन् ।

‘त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ’, राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।