प्रधानमन्त्री ओलीबाट एआईजी थापा सम्मानित

प्रधानमन्त्री ओलीबाट एआईजी थापा सम्मानित

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा सम्मानित भएका छन् ।शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्‍घाटन कार्यक्रममा थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसासहित सम्मान गरेका हुन् ।एआईजी थापाले उपत्यका प्रहरी प्रमुख र डीआइजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रूपमा विकास गर्न भूमिका खेलेका थिए ।एआइजी थापा अहिले सीआइबी प्रमुख रहेर काम गरिरहेका छन् ।