प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् ।२२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् ।
उनले भने, ‘छ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुपर्‍यो, परिणा देखिनुपर्‍यो ।’प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न भनेका छन् ।