प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवर्द्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आज साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।