Trending Now

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

        ललितपुर, ५ असोज

बागडोल नगरपालिका-३ स्थित बच्चा साहको कागतको कवाडी गोदाममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा ३ जना जलेर घाइते भएका छन् । घाइते हुनेहरुमा भारत घर भएका ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष साह र  चितवन घर भएका ३० वर्षीय गणेश गुरुङ्ग रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र ललितपुर महानगरपालिका समेतको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घाइतेहरुलाई उद्धार गरी उपचारको लागि  स्टार अस्पताल सानेपामा लगेको  छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको  छैन ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Comments are closed.