सर्लाही, २३ माघ
हरिवन नगरपालका-११ स्थित ईदुशंकर चिनि मिलमा सोमबार दिउँसो आगलागी हुँदा ट्याक्टर १ थान, मोटरहरु, स्प्रे हाउस स्टोर रूममा राखेको विभिन्न सामानहरु गरी करिब ४० लाख रूपैयाँ विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।