काठमाडौं – काठमाडौंमा वायु प्रदूषण बढेपछि सरकारले चिन्ता व्यक्त गरेको छ ।शहरी विकास मन्त्रालयमा बिहीबार विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको पनि जिकिर गरे। उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए । छलफलका क्रममा वन तथा वातावरण मन्त्रालयले सातामा दुई दिन बिदाको प्रस्ताव गरेको छ ।छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले सातामा दुई दिन बिदा दिन प्रस्ताव गरेको थियो । यस्तै सवारी जोर बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुनसक्ने भएको छ ।विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए ।