१६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत

लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ ।
शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो । विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ ।
अब वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन् । तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन् ।
Comments (0)
Add Comment