मेसीले क्लब छोड्ने घोषणा गरेपछि पिएसजीले गुमायो इन्स्टाग्रामका १५ लाख फलोअर

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले लियोनेल मेसीले क्लब छोड्ने घोषणा गरेपछि अहिलेसम्म करिब इन्स्टाग्रामका १५ लाख फलोअर गुमाएको छ ।

शनिबार राति यस सिजनको लिगको अन्तिम खेलमा क्लेरमोन्ट फूटसँग ३-२ ले पराजित भएपछि मेसीले क्लब छोड्ने औपचारिक घोषणा भएको थियो । सो घोषणापछि पिएसजीको सामाजिक सञ्जालमा फलोअर घटिरहेको छ ।

जसमा सबैभन्दा बढी इन्स्टाग्राममा घटेका छन् । सो खेलअघि ७० मिलियनभन्दा बढी फलोअर रहेकोमा अहिले घटेर ६८.९ मिलियन पुगेका छन् । ट्वीटरमा पनि १० हजार भन्दा बढी फलोअर घटेका छन् ।

यस सिजनको लिग उपाधि जितेको पिएसजीको अन्तिम खेलमा क्लबका फ्यानले मेसीलाई हुटिंग समेत गरेका थिए । मेसीले क्लब छोड्ने निश्चित भएको समाचार आउन थालेपछि क्लबका फ्यानले मेसीविरुद्ध प्रदर्शन र खेलहरुमा हुटिंग गर्ने गरिरहेका थिए ।

मेसी अहिलेसम्म कुन क्लबमा जान्छन् भन्ने निश्चित भएको छ । बार्सिलोना फर्किने प्रयासमा रहेका मेसी साउदी क्लब अल हिलाल जानसक्ने सम्भावना बढी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Comments are closed.