साहित्यकारद्वयको नेपालभाषाका पुस्तक सार्वजनिक

ललितपुर, नेपालभाषाका साहित्यकारद्वय मोतीलक्ष्मी शाक्यको प्रबन्ध सङ्कलन ‘झिगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र मनदेवी ताम्राकारको कथासङ्ग्रह ‘छेँदुने’ (घरभित्र) नामक पुस्तक सार्वजनिक भएको छ।

शिक्षाविद् तथा समाजसेवी हितकरवीर कंसाकार, साहित्यकार सुवर्णकेशरी चित्रकार, समीक्षक तथा समालोचकहरू डा. पुष्पराज राजकर्णिकार, पूर्ण ताम्राकार र गजलकार भूषणप्रसाद श्रेष्ठले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको हो। करिब पाँच दशकदेखि साहित्य लेखन सुरु गर्नुभएका लेखकद्वयले करिब तीन दशकको विश्रामपछि पुनः लेखनलाई निरन्तरता दिनुभएकोमा कंसाकारले खुसी व्यक्त गर्नुभयो।