‘माधवी’ उपन्यास हिन्दी संस्करणमा

काठमाडौँ,  मदनमणि दीक्षितले नेपालीमा लेख्नुभएको मदन पुरस्कार प्राप्त विराट उपन्यास ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रालिले उपन्यासको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त पुस्तकको अनुवाद किरण मिश्राले गर्नुभएको छ।

पुस्तकको संयोजक जीवराज भट्टराई हुनुहुन्छ भने पुस्तकलाई हिन्दी संस्करणका लागि बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले सहयोग गरेको छ। ‘माधवी’ को कथा महाभारतको ग्रन्थ उद्योग पर्व, १०६–१२० को गालव आख्यानबाट लिइएको हो। दीक्षितको पहिलो उपन्यास ‘माधवी’को नेपाली संस्करण सन् १९८३ मा प्रकाशित भएको थियो। त्यही वर्ष पुस्तकले मदन पुरस्कार पाएको थियो।

Comments are closed.