३० फागुन, २०७८ पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन् । यसका साथै विभिन्न दाताले पुष्पपराग साहित्य प्रतिष्ठानको छाता भित्र रहेर प्रदान गर्ने पुरस्कारको पनि घोषणा गरेको छ ।
जस अन्तर्गत “तिल कुमारी खड्का स्मृति पुरस्कार“ भगिरथी श्रेष्ठ, “निल–गङ्गा भाषा साहित्य पुरस्कार”– प्रा= डा= योगेन्द्र यादव, “पद्य्मावती गीत संगीत पुरस्कार“गायक लोचन भट्टराई, “शुक्रमन्दिर लोक साहित्य पुरस्कार’संगीतकार वादल लिम्बू “मुना स्मृति आख्यान पुरस्कार”साहित्यकार बि= के= पाल्पाली, मरणोपरान्त, “कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार, गीतकार तथा गायक सुरेश शाही, “परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार” भाषाविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कार छनौट समितिले भिन्न भिन्न विधामा प्रस्ताव गरेका तीन तीन वटा प्रस्तावित नाम मध्ये एक एक जनाको नाम पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिले पारित गरेको प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीले बताए । यस्तै गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट योगदान पु¥याउने एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायक ज्ञानु राणालाई र पुष्पपराग युवा साहित्य सम्मान कथाकार मन्दिरा “मधुश्री “लाई प्रदान गर्ने निर्णय भएको हो ।