रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।
सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोमा आज प्रहरीले कास्की अदालतमा पेस गर्न लागेको हो ।म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ ।सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए ।

Comments (0)
Add Comment