झापा-प्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् । झापामा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । १६४ राष्ट्रका अंग्रेजी साहित्यका साहित्यकारहरुको संस्था मोटिभेसनल स्ट्रिसले साहित्यकार द्वय भट्टराई र पोखरेलको नाउँ उक्त पुरस्कारको लागि सिफारिस गरेको हो । यस बर्ष विश्वका २४० साहित्यकारहरुलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने छ भने नेपालबाट भट्टराई र पोखरेल छनौट भएका छन् । दुबैजना दमक निवासी हुन ।
विश्वविख्यात साहित्यकारको नाउँ जोडिएको पुरस्कारबाट पुरस्कृत हुने खबर पाउँदा अत्यन्तै हर्ष लागेको साहित्यकार पोखरेलले बताए । रबिन्द्रनाथ टैगोर जस्तो साहित्यकारको नाउँमा आफु जोडिन पाउनुनै विश्वका कुनै पनि लेखक साहित्यकारहरुको सपना हुने भन्दै यसबाट उनले आफुलाई अझ हौसला मिलेको बताए