सर्वोच्च अदालतबाट राहत पाएपछि राहुल गान्धीले भने,आइडिया अफ इन्डियाको रक्षा गर्नुमेरो कर्तव्य रहनेछ

भारतको सर्वोच्च अदालतबाट राहत पाएपछि राहुल गान्धीको पहिलो प्रतिक्रिया आएको छ ।

राहुल गान्धीले ट्विट गरेका छन्, ‘चाहे जे सुकै होस्, मेरो कर्तव्य त्यही रहनेछ…. आइडिया अफ इन्डियाको रक्षा गर्नु ।’

मोदी थर प्रकरणमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत मिलेको छ । अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको छ ।

मोदी थर मानहानि मुद्दामा सुरजको अदालतले सजाय सुनाएपछि राहुल गान्धीको संसद् सदस्यता खारेज भएको थियो ।

सुरजको अदालतको फैसलाविरुद्ध राहुल गान्धी गुजरात हाई कोर्टमा पुगेका थिए । त्यहाँबाट राहत नपाएपछि राहुल गान्धी सर्वोच्च अदालत पुगेका थिए ।