राई भाषाहरूको साझा पत्रिका‘खुवालुङ’को लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागबाट पहिलोपटक किरात राई समुदायका भाषाहरूकाे साझा पत्रिका ‘खुवालुङ’ प्रकाशित भएको छ । किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गरिएको छ ।
प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको उक्त पत्रिकाको प्रतिष्ठानका कुलपति भूपाल राईले लोकार्पण गरेका हुन् ।
बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति ‘पानीपतिया’ का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले ‘पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर’कार्यपत्र प्रस्तुत गरेका थिए । कुलपति राईले काङमाङ नरेश राईद्वारा लिखित ‘पानिपतिया’ले ‘गोर्खा सैनिक’ले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ, प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसाल र प्रज्ञासभा सदस्य चेतनाथ धमलालगायतको सहभागिता थियो ।