बोधिवृक्ष
म
बन्छु
अब त्यो
बो धी वृ क्ष
ज्योती ज्ञानको
यहाँ छर्छु सधैँ।
छरिएको अन्याय
मौलाएका विसङ्गति
म मास्न चाहान्छु विकृति
निमिट्यान्न पार्छु अत्याचार
गाड्दैछ जरा अपराध
गगन चुम्दैछ हिंसा
बस्दिन म मौन
छर्छु प्रकाश
नारीको अर्थ
बो धि वृ क्ष
साच्चै नै
बन्छु
म।
हिरनमयी आचार्य शर्मा
गुवाहाटी असम भारत ।