रम्बास् कविताःझझल्को

झझल्को

यो
माया
आमाको
ममताको !
किन्न मिल्दैन
न खोज्दा पाइन्छ।
आउँछ   नै   सम्झना
प्रत्येक क्षण  आमाको।
बसिदिन्छ    ऑचल तल
सम्झना भई हर     पलको।
आमा, आज कस्लाई पोख्नु
मनका  व्यथा,  ति  गाँथा
अस्थिर    जीवनको।
सम्झिन्छु काख त्यो
न्यानो रसिलो।
आ उँ ने छ
झझल्को
आमा
त्यो।

माधव उपाध्याय
गुवाहाटी।