रम्बास कविता : रात

रात

यो
रात
नि ष्पट्ट
अन्ध   कार
कहिले  औँसी
अनि छ     पूर्णिमा
प्रतीक्षा  छ    बिहानी
त्यो   सुनौलो   सूर्योदय
पूर्व    उज्यालो     घामसँगै
स्वर्णथाली  सदृश  कान्तिमान्
सुन्दरी  पोखिइन्  लालिमा
घाम  झुल्की  अन्नपूर्णा
रात बिदाइ लिन्छ,
बिहानी मुस्कान
रजनी लुकिन्
झुल्की घाम
मिठो छ
प्रात:
यो

शेषमणि आचार्य
नेपाल