पारिजात
यो
पुष्प
स्वर्गको
गर्छ स्वागत्
मर्त्यमा आई
दुर्गा भवानीको,
मगमग बास्नाले
सुगन्धित छ धरती
उत्फुल्लित छन् सबै यहाँ
हे माता! दु:ख हर सबैको
देऊ सद्बुद्धि सबैलाई
पारिजातको बास्ना झैँ
मानव प्रेम पनि
सुवासित बनोस
धरती हाम्रो
कर जोड़ी
ग र्द छु
विन्ती
लौ!
दीपा देवी
तेजपुर, असम