Trending Now

रम्बास कविता: तिमी

तिमी

लौ
भ न
क स री
लेख्न सक्छु
मीठा  कविता
तिमीले     नहाँसे?
स्नेहको    मह   घोली
मनको     बगैंचा    भरि
प्रेमले    नसिंच्ने   हो     भने
कसरी फुल्छन् मायाका फूल?
चुराका     सुमधुर    ध्वनि
गुञ्जदैनथे    त      यदि
अपूर्ण   हुन्थे   गीत
तिमी  नहाँसे त
बन्दै बन्दैनन्
प्रे म म य
कविता
बुझ
हैं !

मुरारीराज मिश्र,
काठमाडौं ।

Comments are closed.