ब्रह्माण्ड
न
आदि
न अन्त
गोलाकृति
यो जीवनमा
ऊ ईश्वर बन्छ
ऊ स्वयंमा ब्रह्मा हो
ऊ स्वयंमा विष्णुजी हो
ऊ स्वयं मा नीलकण्ठ हो
ऊ हलाहल पान गर्दछ !
सृष्टिचक्रमा घुमिरन्छ
पीडाका अगुल्टा निल्छ
ढुङ्गामा रूख रोप्छ
चर्के घाम खप्छ
झरीमा हाँस्छ
ब्रह्माण्डको
सत्यता
यही
हो।
पूर्णिमा घिमिरे पोखरेल
विश्वनाथ, असम
————