अमृत
यो
छोटो
जी वन
सागर झैँ
बृहत पनि
बुझ्ने हरु लाई |
अँगाल्दछ यसले
धेरै जीवन आफूमा
प्राण केन्द्र प्राणीहरुको,
फेरि छ बोकेको तत्वहरू
विष अनेक र अमृत |
गर्नु मन्थन सागर
प्राप्त गर्न अमृत
जीवन नीरको
विष छु्ट्याई,
सु ख म य
जी व न
हु ने
छ।
राजेन बोह़ोरा
मराधनशिरि,
रौता चाराली, असम।